हानका निवर्तमान अध्यक्ष शाक्यको कोरोनाले मृत्यु

हानका निवर्तमान अध्यक्ष शाक्यको कोरोनाले मृत्यु

काठमाडौं । होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ । ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ॐ अस्पतालमा मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले बताए ।

सोल्टिमोडस्थित अमर होटेलका संचालक शाक्यका एक छोरा डाक्टर छन् । छोराकै निगरानीमा उपचार गराइरहेका उनी केही दिनदेखि स्वास्थ बिग्रिएपछि ॐ अस्पतालमा भर्ना भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.