काठमाडौं । दैलेखको आठबीस नगरपालिका वडा नं १ सात्तलाबाट एक जना महिलाको हेलिकप्टबाट उद्धार गरिएको छ । साताला,गैराघर माइत तथा आठबीस नगरपालिका वडा न ९ छेपाडी कर्मघर भएकी डम्म थापा सिजापतिको प्रसुति हुन नसक्दा हेलिकप्टरबाट सोमबार उद्धार गरिएको हो ।
आठबीस नगरपालिका वडा नं १ सात्तला स्वास्थ चौकीमा प्रसुति भएपनि एक्लम्सियाको समस्या भएर स्वास्थ्य अवस्था विग्रीदै गएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धारगरी थप उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पुर्याइएको छ ।
आठबीस नगरपालिकाका मेयर तर्क बडुवाल, उपमेयर कल्पना थापा, प्रवक्ता वीर बहादुर नेपाली मार्क्सवादीको विषेश पहलमा र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको सम्वनयमा उद्धार गरिएको आठबीस नगरपालिकाका प्रवक्ता वीर बहादुर नेपाली मार्क्सवादीले कैलाश खबरलाई जानकारी दिए । सिजापतिको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा उपचार भइरहेको छ ।
