काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विदेशी मुद्रा जोगाउन केही वस्तुको आयातमा सरकाले प्रतिबन्ध लगाएको बताएका छन् । आटा, मैदा, सुजी र होलमिल आटाको निर्यातमा भारतले शनिवारदेखि रोक लगाएको बताएका हुन ।
गहुँको मूल्य वृद्धि नियन्त्रण गर्न भारत सरकारले शनिबारदेखि लागू हुने निर्यातमा बन्देज लगाएको छ उनको तर्क छ । आयातमा लगाइएको प्रतिबन्ध खारेज गर्नुपर्ने माग गरेपछि जवाफमा मन्त्री बडूले चाडै अन्त्य हुने बताएका हुन ।
विदेशी विनिमय सञ्चिति घट्दै गएपछि सरकारले गत वैशाख १३ देखि निजी प्रयोजनका सवारीसाधन, विदेशी मदिरालगायत १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । उद्योगी व्यवसायीको सुझावबमोजिम निकासी–पैठारी क्षेत्रका उल्झन हटाउन सरकार तयार रहेको पनि उनले बताका छन्
