भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

२०७२ को भूकम्पपछि सबै भन्दा ठूलो जाजरकोट भूकम्प

२०७२ को भूकम्पपछि सबै भन्दा ठूलो जाजरकोट भूकम्प

काठमाण्डौ । कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प २०७२ पछिको सबै भन्दा ठूलो भूकम्प हो । जाजरकोट भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । भूकम्पका कारण रुकुम पश्चिममा पनि ठूलो क्षेति भएको छ । घाइतेहरुलाई अस्पताल पठाउने र प्रभावित क्षेत्रमा प्रहरी तथा स्वास्थ्यकर्मी पठाउने लगायत उद्धारका कामहरु भइरहेका छन् ।

भूकम्पपछि पहिरो जाँदा सडक अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएसंगै सडक पन्छाउने काम समेत भैरहेको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी एकसय जनाभन्दा धेरैको ज्यान गएको छ ।

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस भएको थियो । २०७२ सालको विनाशकारी भूकम्पपछि सबैभन्दा धेरै मानवीय क्षति भएको छ । जाजरकोट र रुकुम पश्चिमका सयौँ घर भत्किएका छन् ।

 


Thali Mobile Pvt.Ltd.