८ जना जेल चलान

८ जना जेल चलान

कैलाली। प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना जेल चलान भएका छन् भने व्यापारीहरू धरौटीमा छुटेका छन्।

जिल्ला अदालत कैलालीमा मङ्गलबार भएको थुनछेक बहसपछि हत्या पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरीले जानकारी दिएको छ । गत कात्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्टका जुगेडामा इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद बेपत्ता भएका थिए।

कात्तिक २ गते विकको र दुई दिनपछि साउदको हत्या गरेकै अवस्थामा मोहन नदीमा शव फेला परेको थियो ।

 


Thali Mobile Pvt.Ltd.