भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

८ लाख ५० हजार घुससहित मालपोत हाकिम अख्तियारको नियन्त्रणमा

८ लाख ५० हजार घुससहित मालपोत हाकिम अख्तियारको नियन्त्रणमा

२४ असार २०७७ काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्द अधिकारी घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा छन् । डिल्लीबजार मालपोत कार्यालय अधिकृत रघुवंश कँडेल सहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित रंगेहात समातिएका थिए ।

जग्गाको कित्ताकाट गर्ने आदेश गराईदिए बापत सेवाग्राहीसँग घुस लिएका उनीहरुको बयानकै आधारमा अधिकारीलाई नियन्त्रणमा लिएको हो । कर्मचारी पक्राउ परेपछि अधिकारीलाई डिल्लीबजार मालपोतबाट भूमि व्यवस्थापन तथा अभिलेख विभागमा काज फिर्ता गरिएको थियो ।

लकडाउन खुकुलो पार्ने निर्णयसँगै सामाखुसीको स्टार पार्टी प्यालेशबाट अधिकृत रघुवंश कँडेल, खरिदार दिपक खनाल, नासु उद्धव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्कालाई अख्तियारले पक्राउ गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.