भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ

पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ

काठमाण्डौ । पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास सकेर बाहिर निस्कने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तीन जना महिला र एक जना पुरुष छन् । गएरातिको उडानमार्फत दुबईबाट काठमाण्डौ आएका उनीहरू सबै उज्बेकिस्तानका नागरिक हुन् । उनीहरूलाई तस्करी समूहले भरियाका रूपमा प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अध्यागमनको जाँच पास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा सुन बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ ।
उनीहरूले मलद्वारमा लुकाएर सुन ल्याएका हुन् ।

शङ्कास्पद गतिविधि रहेकाले प्रहरीले एक्स–रेमा जाँच गर्दा शङ्कास्पद देखिएपछि अस्पतालमा लगेर भिडियो एक्स–रे गरेर हेर्दा सुन देखिएको हो ।

 


Thali Mobile Pvt.Ltd.