भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अर्काको नाममा परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ

अर्काको नाममा परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाण्डौ । छ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरी जवान पदको लिखित परीक्षा दिँदै गरेका ६ जना शनिबार पक्राउ परेका हुन । पक्राउ पर्नेमा रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ रहेका छन् ।

पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द पक्राउ परेका छन् । दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको जनाइएको छ ।

काठमाडौका विभिन्न ठाउँमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.