भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दलको सदस्यता लिने कर्मचारीलाई सिधै कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

दलको सदस्यता लिने कर्मचारीलाई सिधै कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

काठमाडौं । शिक्षण पेशामा संलग्न शिक्षक,  प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आग्रह गरेकी छन् । यदि कसैले लिएमा सिधै कारवाही गर्ने चेतावनी दिएकी हुन् ।

दलको सदस्य हुने, आफ्नाे  काम कर्तव्य भुलेर राजनीति गरेकाे पाइए व्यवस्था प्रचलित कानुमा टेकेर शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारबाही गरिने बताएकी छन् । शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त गराएरै छाड्ने उनकाे अठाेट छ ।

शिक्षा क्षेत्रको सुधार र गुणस्तर वृद्धिका लागि राजनीतिक सदस्यता लिएका बहालवाला शिक्षक एवं प्राध्यापक र कर्मचारीलाई सदस्ता त्याग्न सम्बन्धित निकायलाई आह्वान गरेकी हुन् ।

शिक्षा ऐन २०२८ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको कानुनी प्रावधान उल्लेख गर्दै कार्यान्वयनमा कडाइ गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन् ।

सरकारी तथा सामुदायिक संस्थामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिनका लागि सबैलाई अनुराेध गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.