भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छोरीलाई २५० करोड भारुको बंगला उपहार उपहार दिदै अभिनेता

छोरीलाई २५० करोड भारुको बंगला उपहार उपहार दिदै अभिनेता

काठमाडौं । आफ्नी छोरी राहा कपुरलाई झण्डै दुई सय ५० करोड भारतीय रुपैयाँ पर्ने बंगला बलिउड अभिनेता रणवीर कपुरले उपहार दिने भएका छन् । मूल्यका हिसाबले यो बंगला बलिउडका महानायक अमिताभ बच्चनको जल्साु र शाहरूख खानको मन्नत बंगला भन्दा महँगो हो । उपहार दिने यो बंगलामा रणवीर र आलियाको बराबर लगानी छ ।

आमा नितु कपुरको साथमा रणवीर तथा आलिया हाल निर्माणधीन रहेको मुम्बईस्थित बान्द्रामा रहेको यो बंगलामा देखिएपछि यसको खुलासा भएको हो । उपहार पाएसँगै रणवीर आलियाकी एक वर्षीया छोरी बलिउडकी सबैभन्दा कम उमेरकी धनी सन्तान बन्ने भएकी छन् ।

भारततीय कानुन अनुसार उपहार दिइएको सम्पतिमा कुनै कर लाग्दैन । तर यसबाट आय हुन थालेमा भने कर तिर्नुपर्नेछ । नितुले हालै यही क्षेत्रमा १५ करोड भारुमा आफ्ना लागि एउटा घर किनेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.