बाँकेमा थप चार सङ्क्रमितको मृत्यु

बाँकेमा थप चार सङ्क्रमितको मृत्यु image

बाँकेमा । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुषको गए राति ११ः४० र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको ११ः५० बजे १० मिनेटको अन्तरमा मृत्यु भएको हो । यसैगरी धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुषको आज बिहान ४ः३० बजे र बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको हो ।

योसँगै भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बाँकेमा १४१ पुगेको । बाहिरी जिल्लाबाट उपचारका क्रममा आएर यहाँ मृत्यु हुनेको सङ्ख्या १२५ पुगेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • उपनिर्वाचनको ‘मौन’ अवधि image

    उपनिर्वाचनको ‘मौन’ अवधि

    काठमाडौं । वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार रातिदेखि मौन अवधि...

  • कसैले चाहदैमा सरकार ढल्दैनः पौडेल image

    कसैले चाहदैमा सरकार ढल्दैनः पौडेल

    काठमाडौं । अस्थिरताको त्रास देखाएर तर्साउन खोज्नेको पछाडि नलाग्न सरकारलाई पूर्वअर्थमन्त्री विष्णु पौडेलले आग्रह गरेका छन् । वर्तमान सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न उनले आग्रह गरेका...

  • मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै image

    मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिँदैछन् । त्यसका लागि आज कर्णाली प्रदेश सभाको बैठक बस्दै छ । आज विश्वासको मत लिन लागेकाले प्रदेश सभाको बैठक...

  • यस वर्षको छिन्नलता गीत पुरस्कार गायनमा शिव परियारलाई प्रदान image

    यस वर्षको छिन्नलता गीत पुरस्कार गायनमा शिव परियारलाई प्रदान

    काठमाडौं । छिन्नलता गीत पुरस्कार २०८० को गायनमा शिव परियारलाई प्रदान गर्ने भएको छ । रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी काफ्ले र गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने निर्णय...


hotelghyampedanda