सयौं हेक्टर वन जल्यो

सयौं हेक्टर वन जल्यो image

नुवाकोट । डढेलोको समस्या विकराल देखिन थालेको छ । सयौं हेक्टर वन क्षेत्रमा डढेलो लागेर नष्ट भएको हो । नुवाकोटमा वर्षेनी डढेलोको समस्या हुने गरेको छ । धेरै सडकमार्गमा अग्नी सुरक्षाको कार्य भइरहेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ ।

५० वटा वन क्षेत्रमा डढेलो लागेको पुष्टि भएको वन कार्यालय नुवाकोटले जनाएको छ । डिभिजनल वन अधिकृत रोशना पोखरेलका अनुसार डढेलोले रुख, बुट्यान, जंगली जनावरका साथै चराचुरुङ्गी क्षति हुने गरेका छन् । डढेलोले सर्वसाधारणको जीउधनको क्षति नहोस् भनेर आवश्यक कार्य भइरहेको अधिकृत पोखरेलले बताइन् ।

जंगलमा डढेलो सुरक्षाका लागि १० जना हरित स्वम्सेवक नियुक्त गरेर डढेलो नियन्त्रणका आवश्यक कार्य भइरहेको छ । हरित स्वयमसेवकका लागि पाँच महिनाको नियुक्ति दिएर १० लाख रुपैयाँ तलबभत्ता र एक लाख रुपैयाँको जीवन बिमासमेत गरिदिएको छ ।

यसबाहेक सघीय सरकारले तीन लाख रुपैयाँ पठाउने गरेको छ । सो रकम आगजनी नियन्त्रणका लागि अपुग भएको वन प्राविधिक बताउँछन् । नुवाकोटको वन क्षेत्रको संरक्षण तथा डढेलो नियन्त्रणका लागि वर्षको २३ लाख रुपैयाँ खर्च हुने कर्मचारीहरुको भनाइ छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda