भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

सयौं हेक्टर वन जल्यो

सयौं हेक्टर वन जल्यो

नुवाकोट । डढेलोको समस्या विकराल देखिन थालेको छ । सयौं हेक्टर वन क्षेत्रमा डढेलो लागेर नष्ट भएको हो । नुवाकोटमा वर्षेनी डढेलोको समस्या हुने गरेको छ । धेरै सडकमार्गमा अग्नी सुरक्षाको कार्य भइरहेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ ।

५० वटा वन क्षेत्रमा डढेलो लागेको पुष्टि भएको वन कार्यालय नुवाकोटले जनाएको छ । डिभिजनल वन अधिकृत रोशना पोखरेलका अनुसार डढेलोले रुख, बुट्यान, जंगली जनावरका साथै चराचुरुङ्गी क्षति हुने गरेका छन् । डढेलोले सर्वसाधारणको जीउधनको क्षति नहोस् भनेर आवश्यक कार्य भइरहेको अधिकृत पोखरेलले बताइन् ।

जंगलमा डढेलो सुरक्षाका लागि १० जना हरित स्वम्सेवक नियुक्त गरेर डढेलो नियन्त्रणका आवश्यक कार्य भइरहेको छ । हरित स्वयमसेवकका लागि पाँच महिनाको नियुक्ति दिएर १० लाख रुपैयाँ तलबभत्ता र एक लाख रुपैयाँको जीवन बिमासमेत गरिदिएको छ ।

यसबाहेक सघीय सरकारले तीन लाख रुपैयाँ पठाउने गरेको छ । सो रकम आगजनी नियन्त्रणका लागि अपुग भएको वन प्राविधिक बताउँछन् । नुवाकोटको वन क्षेत्रको संरक्षण तथा डढेलो नियन्त्रणका लागि वर्षको २३ लाख रुपैयाँ खर्च हुने कर्मचारीहरुको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.