भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

घूस लिएपछि उपरक्षामन्त्री पक्राउ

घूस लिएपछि उपरक्षामन्त्री पक्राउ

रूस । अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको रूसी उपरक्षामन्त्रीलाई बुधबार हिरासतमा लिइएको छ । ठूलो रकम घूस लिएको आरोप नाभाल्नीको टोलीले लगाएको छ । अठ्चालीस वर्षीय इभानोभले सशस्त्र बलको निर्माण र खरीदको रेखदेख गरिरहेका थिए ।

उनलाई १५ वर्षको जेल सजाय हुन सक्ने बताइएको छ । इभानोभका वकिलले सरकारी समाचार संस्था तासलाई बताएअनुसार इभानोभले उक्त आरोप अस्वीकार गरेका छन् । केही स्वतन्त्र सञ्चार माध्यमले इभानोभ र उनको परिवारले आफूले मन्त्रालयमा सहमति गरेको सम्झौतामा गैर–कानुनी लाभ लिएर अकूत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.