भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यस वर्षको छिन्नलता गीत पुरस्कार गायनमा शिव परियारलाई प्रदान

यस वर्षको छिन्नलता गीत पुरस्कार गायनमा शिव परियारलाई प्रदान

काठमाडौं । छिन्नलता गीत पुरस्कार २०८० को गायनमा शिव परियारलाई प्रदान गर्ने भएको छ । रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी काफ्ले र गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने निर्णय भएको हो ।

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न साधारणसभाले विसं २०७९ र २०८० दुवै वर्षको छिन्नलता गीत पुरस्कार विभिन्न आठ महानुभवलाई प्रदान गर्ने निर्णय गरेको हो ।लोकप्रिय युवाप्रतिभा पुरस्कार भुपु पाण्डेको (पिरैपिरः झट्ट हेर्दा हजुर जिन्दगी दामी छ) सृजनालाई प्रदान गर्ने निर्णय भएको गुठीले जनाएको छ ।

यस्तै २०७९ को छिन्नलता गीत पुरस्कारको गीत रचनातर्फ भूषण खरेल, सङ्गीत रचनामा मनराजा नकर्मीले पाउँने गुठीका सचिव दिनेश अधिकारीले बताए । सोही वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेलको (परेलीमा बसुँ कि कलेजीमा बसुँ गीत) सृजनालाई प्रदान गर्ने निर्णय भएको छ ।

२०७९ देखि छिन्नलता गीत पुरस्कारको राशि वृद्धि गरी रु एक लाख कायम गरिएको गुठीले जनाएको छ । पुरस्कार रु ५० हजारसँगै सम्मानपत्र छ । ती पुरस्कार गुठीका संस्थापक तथा गीतकार स्व रमोलादेवी शाह ‘छिन्नलता’को जन्मजयन्तीका अवसरमा आगामी हरिशयनी एकादशीका दिन साउन २ गते प्रदान गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.