दर्जनबढी घाइते एकैपटक अस्पताल छिरे, विपत्तिमा पनि सहज सेवा दिन भक्तपुर अस्पताल तयार

दर्जनबढी घाइते एकैपटक अस्पताल छिरे, विपत्तिमा पनि सहज सेवा दिन भक्तपुर अस्पताल तयार image

१२ वैशाख २०८१/भक्तपुर । २०८१ वैशाख दिउँंसो पौने १ बजेको समय थियो । भक्तपुर नगरपालिका वडा नं १ दुधपाटी स्थित प्रदेश अस्पताल भक्तपुरमा साइरन बज्यो । साइरनसंगै एकाएक एम्बुलेन्सको कुद्न थाले । साइरन बजाउँदै एम्बुलेन्स र निरन्तर सिठी बजिरहँदा अस्पतालमा भएका विरामी, कर्मचारी आत्तिए । बाहिर स्थानीय के भयो भन्दै दौडिन थाले । भक्तपुर काठमाडौ गुड्ने बसमा रहेका यात्री बस रोकेर हेर्न लाग्दा प्रहरीको टिमले उनीहरुलाई धपाउँदै थियो ।

बस बलेरो, एम्बुलेन्समा चारैतीरबाट घाइते बोकेर अस्पतालको इमरजेन्सीमा छिर्न थाले । माहोल कोलाहलपूर्ण बन्यो । धेरै बालबालिका हताहति भयो भन्दै एक हुल विद्यार्थी कराँउदै अस्पतालको गेटमा नाराबाजी गर्न थाले । हाम्रो भाइलाई भेट्न दे । विरामीको छिटो उपचार गर । घाइतेलाई अस्पताल लग जस्ता नारा लगाउँन थाले । गेटमा तोडफोडको स्थिति बन्यो । पत्रकारको जम्मात पनि क्यामेरा तेर्साउन थाले ।

सल्लाघारी जंगलमा एक्सीडेन्ट र कमलविनायकको एक स्कुलमा विपत्ति आएको समाचार संकलन गर्दै पत्रकार गेट भित्र पसे । त्यतिबेला सम्म दर्जनौ घाइते, २ वटा शव अस्पतालको बेडमा थिए । बाहिर सिठी बजेको बजै, स्थानीयले नाराजुलुस र भेइकलहरुले विरामी ओसार्न रोकिएको थिएन । सुरक्षा निकायका तीन वटै अंग, नगर प्रहरी र जिल्ला प्रशासनको टिम पुरै एलर्ट भएर अस्पताल प्रवेश ग¥यो । घाइतेसंगै सुरक्षाकर्मी रगतमा लतपतिएको अवस्था थियो ।

आरएनए १६ को टिम पुरै व्यस्त । विद्यालयका कक्षाकोठामा धेरै विद्यार्थी घाइते रहेको जानकारी आइरहेको थियो । अस्पताल प्रशासन पुरै हाइएलर्टमा चिकित्सक र अस्पताल कर्मचारीलाई उपचारमा व्यस्त रहन निर्देशन दिदै थियो । सवैजना विद्यार्थीहरु दौडेर सुरक्षित स्थान खोज्दै थिए । प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठसहित जिल्ला प्रशासनको टिम अनुगमनमा व्यस्त र¥यो । घरि घाइतेलाई सान्तोना दिदै त घरी सिसी क्यामेरा निगरानीमा बसेर माहोल शान्त पार्ने कार्यमा व्यस्त ।

अस्पतालका मेसु डा. सुमित्रा गौतमसहितको टिम पुरै उपचारमा व्यस्त…यो दृश्य हो, बुधबार भक्तपुर अस्पतालकोे भूकम्प सुरक्षा सम्वन्धी अभ्यासको । २०७२ साल बैशाख १२ गते आजकै दिन गएको भूकम्पको सम्झनामा र त्यही प्रकृतिको भूकम्पबाट कसरी सुरक्षित हुन सकिन्छ र उपचार कसरी गर्न सकिन्छ भन्ने अभ्यास गराइएको थियो । भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्ने, डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन गर्ने र उपचारमा व्यस्त ।

प्रहरी उत्तेजित भिडलाई सम्हाल्ने, अस्पतालमा विरामीलाई कसरी पु¥याउने मै व्यस्त, तनाव कै बीच सहजता खोजिरहेको अवस्था थियो । स्थानीयलाई धेरै समयपछि थाहा भयो यो त भूकम्प जाँदा कसरी घाइतेको उद्धार गरी उपचार गर्न सकिन्छ भनेर गरिएको रिहर्सल हो भनेर । २०७२ वैशाख १२ गतेको महाभूकम्पको स्मरण गर्दै भक्तपुर अस्पतालमा बुधवार गरिएको आपतकालीन अभ्यास कुनै विपत्ति भन्दा कम थिएन ।

अस्पतालले भूकम्प प्रकोपको समयमा उपचार सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर गरिएको पूर्वाभ्यास मननयोग्य र प्रसंसा योग्य छ । ३ दर्जन घाइते अस्पतालमा आएपछि बिरामी र कुरुवा मात्र होइन, स्थानीयमा सन्त्रास फैलिएको थियो । घाइतेको उपचारमा चिकित्सक र अस्पताल स्टाफको सहज उपचारले हताहतको स्थिति सामान्य बनेको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस र आरएनए १६ का उद्धारकर्ताहरुले असल र सफल अभ्यासका दृश्य उत्कृष्ट थिए । भूकम्पका कारण च्वंगा गणेश नजिक दुर्घटनामा परेको बसबाट मानिसहरुलाई उद्धार गरी अस्पताल ल्याइपुर्याइदाको अवस्था दर्दनाक थियो । घाइतेलाई उपचारका लागि अस्पातल ल्याइएको अवस्था बारे आरएनए १६ का आपतकालीन उद्धारक अरुण सैजूले अवस्थाका बारे जानकारी दिदा सबैका आँखा रसाए ।

देखाइएका दृश्य सवै काल्पनिक भएपनि साच्चिकै थिए । सम्भावित भूकम्पको अवस्थामा अस्पतालले पु¥याउने सेवाको अवस्था यो ड्रिलले उजागर गरिदिएको छ । यसलाई हेरेर कमजोरीलाई सुधार्ने र आपतको अवस्थामा प्रभावकारी उपचार सेवाको बिकास गर्ने मुख्य उदेश्यले ड्रिल अभ्यासको थियो । यो विपत्तिमा ७ जना घाइतेलाई आइसीयुमा र १० जनालाई वार्डमा राखेर उपचार, ४ जनाको शल्यक्रिया गरिएको र २ जनाको ज्यान गएको जानकारी दिदै घाइतेको अवस्था हेर्न पाउनुपर्ने आफन्तको मागले अस्पताल परिसर तनावग्रस्त बनेको अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बताइन् ।

भिड अस्पताल प्रशासन र प्रहरी प्रशासनको प्रयासले नियन्त्रणमा आएको र उपचारमा कुनै अवरोध नभएको डा. गौतमले जानकारी दिइन् । विपदको समयमा आइपर्ने अप्ठ्याराको सामना कसरी गर्ने भन्नेबारे पूर्व जानकारी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले पाएको र सम्भावित प्रकोपको समय यसले उपचार व्यवस्थापनमा अनुभव र आत्मबल मिल्ने उनको धारणा छ । करिब ३ घण्टाको ड्रिल पछि अस्पतालले त्यसको गहन समीक्षा ग¥यो । शुरु शुरुमा आत्तिए पनि पछि लयमा आएको डा. अङ्कुर पौडेलले प्रष्ट पारे ।

अभ्यासले धेरै ज्ञान दिएको अपरेशन इन्चार्ज हरि कोजुले बताए । ड्रिलले प्रकोपको समयमा उपचार व्यवस्थापन गर्न सहज हुने सहभागीहरुले प्रतिक्रिया दिए । यस्ता अभ्यासले आपत विपदमा सहजता दिने भएकाले यस्ता अभ्यास निरन्तर गर्ने अस्पताल संचालन एवं व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले प्रतिवद्धता व्यक्र गरे ।
भक्तपुर अस्पतालमा रहेर ड्रिलको सम्पूर्ण कार्य अवलोकन गरेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अस्पतालको प्रशंसा गरिन् ।

यसले अस्पतालको वर्तमान अवस्था र सुधार गर्नुपर्ने कुरा थाहा भएको भन्दै प्रजिअ श्रेष्ठले अस्पतालको सेवालाई विपदको समयमा थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्नेमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । प्रजिअ श्रेष्ठले स्थलगतरुपमा र सीसी क्यामेराबाट अस्पतालको उपचार सेवाको अवस्था अवलोकन गर्दै आवश्यक समन्वय र निर्देशन दिएकी थिइन् । यसले आफूलाई पनि धेरै कुरा सिकाएको धारणा राखिन् ।

यस ड्रिलको संयोजन आरएनए १६ का प्रमुख एवं आपतकालीन उद्दारक अरुण सैजूले गरेका थिए । अध्यासको सचेतना आम जनमानस सम्म पु¥याउन सफल भएको भन्दै पत्रकार संजिव सुभचिन्तक, विनोद विक र अंजिरसिंह विकलाई सम्मान गरिएको थियो ।

तस्बीरमा

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda