भर्खरै : Sorry, your browser does not support inline SVG.

दर्जनबढी घाइते एकैपटक अस्पताल छिरे, विपत्तिमा पनि सहज सेवा दिन भक्तपुर अस्पताल तयार

दर्जनबढी घाइते एकैपटक अस्पताल छिरे, विपत्तिमा पनि सहज सेवा दिन भक्तपुर अस्पताल तयार

१२ वैशाख २०८१/भक्तपुर । २०८१ वैशाख दिउँंसो पौने १ बजेको समय थियो । भक्तपुर नगरपालिका वडा नं १ दुधपाटी स्थित प्रदेश अस्पताल भक्तपुरमा साइरन बज्यो । साइरनसंगै एकाएक एम्बुलेन्सको कुद्न थाले । साइरन बजाउँदै एम्बुलेन्स र निरन्तर सिठी बजिरहँदा अस्पतालमा भएका विरामी, कर्मचारी आत्तिए । बाहिर स्थानीय के भयो भन्दै दौडिन थाले । भक्तपुर काठमाडौ गुड्ने बसमा रहेका यात्री बस रोकेर हेर्न लाग्दा प्रहरीको टिमले उनीहरुलाई धपाउँदै थियो ।

बस बलेरो, एम्बुलेन्समा चारैतीरबाट घाइते बोकेर अस्पतालको इमरजेन्सीमा छिर्न थाले । माहोल कोलाहलपूर्ण बन्यो । धेरै बालबालिका हताहति भयो भन्दै एक हुल विद्यार्थी कराँउदै अस्पतालको गेटमा नाराबाजी गर्न थाले । हाम्रो भाइलाई भेट्न दे । विरामीको छिटो उपचार गर । घाइतेलाई अस्पताल लग जस्ता नारा लगाउँन थाले । गेटमा तोडफोडको स्थिति बन्यो । पत्रकारको जम्मात पनि क्यामेरा तेर्साउन थाले ।

सल्लाघारी जंगलमा एक्सीडेन्ट र कमलविनायकको एक स्कुलमा विपत्ति आएको समाचार संकलन गर्दै पत्रकार गेट भित्र पसे । त्यतिबेला सम्म दर्जनौ घाइते, २ वटा शव अस्पतालको बेडमा थिए । बाहिर सिठी बजेको बजै, स्थानीयले नाराजुलुस र भेइकलहरुले विरामी ओसार्न रोकिएको थिएन । सुरक्षा निकायका तीन वटै अंग, नगर प्रहरी र जिल्ला प्रशासनको टिम पुरै एलर्ट भएर अस्पताल प्रवेश ग¥यो । घाइतेसंगै सुरक्षाकर्मी रगतमा लतपतिएको अवस्था थियो ।

आरएनए १६ को टिम पुरै व्यस्त । विद्यालयका कक्षाकोठामा धेरै विद्यार्थी घाइते रहेको जानकारी आइरहेको थियो । अस्पताल प्रशासन पुरै हाइएलर्टमा चिकित्सक र अस्पताल कर्मचारीलाई उपचारमा व्यस्त रहन निर्देशन दिदै थियो । सवैजना विद्यार्थीहरु दौडेर सुरक्षित स्थान खोज्दै थिए । प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठसहित जिल्ला प्रशासनको टिम अनुगमनमा व्यस्त र¥यो । घरि घाइतेलाई सान्तोना दिदै त घरी सिसी क्यामेरा निगरानीमा बसेर माहोल शान्त पार्ने कार्यमा व्यस्त ।

अस्पतालका मेसु डा. सुमित्रा गौतमसहितको टिम पुरै उपचारमा व्यस्त…यो दृश्य हो, बुधबार भक्तपुर अस्पतालकोे भूकम्प सुरक्षा सम्वन्धी अभ्यासको । २०७२ साल बैशाख १२ गते आजकै दिन गएको भूकम्पको सम्झनामा र त्यही प्रकृतिको भूकम्पबाट कसरी सुरक्षित हुन सकिन्छ र उपचार कसरी गर्न सकिन्छ भन्ने अभ्यास गराइएको थियो । भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्ने, डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन गर्ने र उपचारमा व्यस्त ।

प्रहरी उत्तेजित भिडलाई सम्हाल्ने, अस्पतालमा विरामीलाई कसरी पु¥याउने मै व्यस्त, तनाव कै बीच सहजता खोजिरहेको अवस्था थियो । स्थानीयलाई धेरै समयपछि थाहा भयो यो त भूकम्प जाँदा कसरी घाइतेको उद्धार गरी उपचार गर्न सकिन्छ भनेर गरिएको रिहर्सल हो भनेर । २०७२ वैशाख १२ गतेको महाभूकम्पको स्मरण गर्दै भक्तपुर अस्पतालमा बुधवार गरिएको आपतकालीन अभ्यास कुनै विपत्ति भन्दा कम थिएन ।

अस्पतालले भूकम्प प्रकोपको समयमा उपचार सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर गरिएको पूर्वाभ्यास मननयोग्य र प्रसंसा योग्य छ । ३ दर्जन घाइते अस्पतालमा आएपछि बिरामी र कुरुवा मात्र होइन, स्थानीयमा सन्त्रास फैलिएको थियो । घाइतेको उपचारमा चिकित्सक र अस्पताल स्टाफको सहज उपचारले हताहतको स्थिति सामान्य बनेको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस र आरएनए १६ का उद्धारकर्ताहरुले असल र सफल अभ्यासका दृश्य उत्कृष्ट थिए । भूकम्पका कारण च्वंगा गणेश नजिक दुर्घटनामा परेको बसबाट मानिसहरुलाई उद्धार गरी अस्पताल ल्याइपुर्याइदाको अवस्था दर्दनाक थियो । घाइतेलाई उपचारका लागि अस्पातल ल्याइएको अवस्था बारे आरएनए १६ का आपतकालीन उद्धारक अरुण सैजूले अवस्थाका बारे जानकारी दिदा सबैका आँखा रसाए ।

देखाइएका दृश्य सवै काल्पनिक भएपनि साच्चिकै थिए । सम्भावित भूकम्पको अवस्थामा अस्पतालले पु¥याउने सेवाको अवस्था यो ड्रिलले उजागर गरिदिएको छ । यसलाई हेरेर कमजोरीलाई सुधार्ने र आपतको अवस्थामा प्रभावकारी उपचार सेवाको बिकास गर्ने मुख्य उदेश्यले ड्रिल अभ्यासको थियो । यो विपत्तिमा ७ जना घाइतेलाई आइसीयुमा र १० जनालाई वार्डमा राखेर उपचार, ४ जनाको शल्यक्रिया गरिएको र २ जनाको ज्यान गएको जानकारी दिदै घाइतेको अवस्था हेर्न पाउनुपर्ने आफन्तको मागले अस्पताल परिसर तनावग्रस्त बनेको अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बताइन् ।

भिड अस्पताल प्रशासन र प्रहरी प्रशासनको प्रयासले नियन्त्रणमा आएको र उपचारमा कुनै अवरोध नभएको डा. गौतमले जानकारी दिइन् । विपदको समयमा आइपर्ने अप्ठ्याराको सामना कसरी गर्ने भन्नेबारे पूर्व जानकारी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले पाएको र सम्भावित प्रकोपको समय यसले उपचार व्यवस्थापनमा अनुभव र आत्मबल मिल्ने उनको धारणा छ । करिब ३ घण्टाको ड्रिल पछि अस्पतालले त्यसको गहन समीक्षा ग¥यो । शुरु शुरुमा आत्तिए पनि पछि लयमा आएको डा. अङ्कुर पौडेलले प्रष्ट पारे ।

अभ्यासले धेरै ज्ञान दिएको अपरेशन इन्चार्ज हरि कोजुले बताए । ड्रिलले प्रकोपको समयमा उपचार व्यवस्थापन गर्न सहज हुने सहभागीहरुले प्रतिक्रिया दिए । यस्ता अभ्यासले आपत विपदमा सहजता दिने भएकाले यस्ता अभ्यास निरन्तर गर्ने अस्पताल संचालन एवं व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले प्रतिवद्धता व्यक्र गरे ।
भक्तपुर अस्पतालमा रहेर ड्रिलको सम्पूर्ण कार्य अवलोकन गरेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अस्पतालको प्रशंसा गरिन् ।

यसले अस्पतालको वर्तमान अवस्था र सुधार गर्नुपर्ने कुरा थाहा भएको भन्दै प्रजिअ श्रेष्ठले अस्पतालको सेवालाई विपदको समयमा थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्नेमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । प्रजिअ श्रेष्ठले स्थलगतरुपमा र सीसी क्यामेराबाट अस्पतालको उपचार सेवाको अवस्था अवलोकन गर्दै आवश्यक समन्वय र निर्देशन दिएकी थिइन् । यसले आफूलाई पनि धेरै कुरा सिकाएको धारणा राखिन् ।

यस ड्रिलको संयोजन आरएनए १६ का प्रमुख एवं आपतकालीन उद्दारक अरुण सैजूले गरेका थिए । अध्यासको सचेतना आम जनमानस सम्म पु¥याउन सफल भएको भन्दै पत्रकार संजिव सुभचिन्तक, विनोद विक र अंजिरसिंह विकलाई सम्मान गरिएको थियो ।

तस्बीरमा

 

 


Thali Mobile Pvt.Ltd.