मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै image

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिँदैछन् । त्यसका लागि आज कर्णाली प्रदेश सभाको बैठक बस्दै छ । आज विश्वासको मत लिन लागेकाले प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको सूचना अधिकारी उपेन्द्र कुमार गुरुङले बताए ।

कर्णाली प्रदेशसभा ४० सदस्य छन् । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकरएक सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रको मात्रै संख्या जोड्ने हो भने पनि मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउँछन् ।

मुख्यमन्त्रीमा नेकपा एमालेका कँडेल गत चैत २७ गते नियुक्त भएका थिए । बुधबार नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका उनले सत्ता साझेदार दल माओवादी केन्द्रसँग सहमति नजुट्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन । विहीबार विश्वासको मत लिएपछि मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda