भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कसैले चाहदैमा सरकार ढल्दैनः पौडेल

कसैले चाहदैमा सरकार ढल्दैनः पौडेल

काठमाडौं । अस्थिरताको त्रास देखाएर तर्साउन खोज्नेको पछाडि नलाग्न सरकारलाई पूर्वअर्थमन्त्री विष्णु पौडेलले आग्रह गरेका छन् । वर्तमान सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न उनले आग्रह गरेका हुन् ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१, ०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन बोलाएको भेलामा सत्तारुढ दलका नेता पौडेलले हल्लाको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिए ।

पौडेलले संसदमा कुनै दलको एकल बहुमत नरहेको भन्दै कसैले चाहँदैमा सरकार नढल्ने दाबी गरे । बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलले स्मरण गराए ।

 


Thali Mobile Pvt.Ltd.