तान्जानिया । मुसलधारे वर्षापछि आएको बाढीमा परी १५५ जनाको मृत्यु भएको छ । अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले संसदलाई जानकारी गराए ।
तान्जानियाको मुख्य भूमिको २६ इलाकामध्ये १४ इलाकामा आकस्मिक बाढी आएको हो । जसका कारण दुई लाख मानिस प्रभावित भएका छन् । १० हजार घरमा क्षति पुगेको छ ।
बाढीका कारण विद्यालयका पूर्वाधार, कृषिबाली, सडक, पुल, स्वास्थ्य संस्था र पशुचौपायामा क्षति पुगेको छ । अति प्रभावित क्षेत्रका विद्यालय बन्द गर्न आदेश दिएको छ भने विपत्तिपूर्ण अवस्था आउन नदिन सरकारले ठोस कदम चाल्न थालेको छ ।
तान्जानियाको मौसम विज्ञान प्राधिकरणका अनुसार अल–निनोको अवस्थाबाट प्रभावित भारी वर्षा मे महिनासम्म रहने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पाल्पा । बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरीले जनाएको छ । अरूणखोलाबाट निस्दी गाउँपालिका तर्फ...
स्लोभाकिया । प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । स्लोभाक शहर ह्याण्डलोभामा बैठक सकेर बाहिर निस्कने क्रममा गोली प्रहार भएको हो । राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटरको दुरीमा...
काठमाडौं । बचतकर्ताको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार ८ जनालाई पक्राउ गरेको छ । गैरपाटन पोखराकोस्थित प्राइम बहुउद्देयीय सहकारी संस्था लिमिटेडका पूर्व र वर्तमान पदाधिकारी तथा कर्मचारी...
भद्रपुर । गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका ९५४ मुद्दा दर्ता भएका छन् ।...