भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बचतकर्ताको डेढ अर्ब ठगी गर्ने प्राइम बहुउद्देयीय सहकारीका ८ जना पक्राउ

बचतकर्ताको डेढ अर्ब ठगी गर्ने प्राइम बहुउद्देयीय सहकारीका ८ जना पक्राउ

काठमाडौं । बचतकर्ताको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार ८ जनालाई पक्राउ गरेको छ ।
गैरपाटन पोखराकोस्थित प्राइम बहुउद्देयीय सहकारी संस्था लिमिटेडका पूर्व र वर्तमान पदाधिकारी तथा कर्मचारी गरी ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले १ अर्ब १५ लाख ८ हजार १ सय ४२ रुपैयाँ ५० पैसा रकम अपचलन तथा हिनामिना गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले जनाएको छ । सहकारी ऐन, २०७४ बमोजिम अनुन्धान गरी दिन अनुरोध गरेको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, सहकारी व्यवस्थापक निरु थापा केसी, कर्मचारी सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहाकार इन्द्रप्रसाद बराल, पूर्वकोषध्यक्ष कुलदिप भट्टराई, कर्जा अधिकृत सुनील थापा र सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ रहेको कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।

प्रहरीले सहकारीका बचतकर्तालाई उजुरीका लागि सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले प्राइम सहकारीमा बचतकर्ताको बचत हिनामिना भएको भन्ने पत्राचार प्रहरीलाई गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.