प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर image

स्लोभाकिया । प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । स्लोभाक शहर ह्याण्डलोभामा बैठक सकेर बाहिर निस्कने क्रममा गोली प्रहार भएको हो ।

राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटरको दुरीमा ह्याण्डलोभास्थित एक सांस्कृतिक सामुदायिक केन्द्र अगाडि मानिससँग अभिवादन साटिरहेका बेला गोली प्रहार भएको थियो ।

गोली लागेर घाइते भएका प्रधान मन्त्रीलाई ततकाल हेलिकप्टरबाट अस्पताल लगिएको थियो । पेट, हात र खुट्टामा चोट लागेको छ ।

प्रधानमन्त्रीको अवस्था गम्भीर रहेको अधिकारीले जनाएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda