भर्खरै : Sorry, your browser does not support inline SVG.
मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत |

प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

स्लोभाकिया । प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । स्लोभाक शहर ह्याण्डलोभामा बैठक सकेर बाहिर निस्कने क्रममा गोली प्रहार भएको हो ।

राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटरको दुरीमा ह्याण्डलोभास्थित एक सांस्कृतिक सामुदायिक केन्द्र अगाडि मानिससँग अभिवादन साटिरहेका बेला गोली प्रहार भएको थियो ।

गोली लागेर घाइते भएका प्रधान मन्त्रीलाई ततकाल हेलिकप्टरबाट अस्पताल लगिएको थियो । पेट, हात र खुट्टामा चोट लागेको छ ।

प्रधानमन्त्रीको अवस्था गम्भीर रहेको अधिकारीले जनाएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.