काठमाडौं, २८ पुष । लोक दोहोरी तथा काैउडा शैलीको नयाँ नेपाली गीत ‘आकाशैमा तारा र जुन छन्’ सार्वजनिक भएको छ । चर्चित गायिका टीका पुन र धनराज चुनाराको स्वर रहेको यस गीतलाई टीका पुनको अफिसियल युट्युब च्यानलले सार्वजनिक गरेकाे हाे ।
गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउन थालेको छ । गीतकाे शब्द तथा संगीत असिम चन्द्र विश्वकर्माकाे रहेकाे छ भने एरेञ्ज सुनिल परियारले गरेका छन् ।
मिक्सिङ र मास्टरिङ HBN किस्मतले गरेका छन् । राज खड्काले रेकर्ड गरेको यो गीत 1 DB HD स्टुडियोमा तयार गरिएको हो । अडियो तथा भिडियो निर्माणको जिम्मा टीका पुन अफिसियलले निर्माण गरेकाे छ ।
भिडियो पक्षतर्फ कथा तथा निर्देशन एकिन्द्र सराशंकरले गरेका छन् । भिडियोमा कलाकार शेखर घर्ती मगर र कुसुम राईको मुख्य अभिनय देख्न सकिन्छ । साथै अतिथि कलाकारका रूपमा सुमन सुनार, दिपेन्द्र केसी र विश्व मुखियाको पनि सहभागिता रहेको छ ।
छायांकन नवराज उप्रेती तथा टिमले गरेका छन् । गीतले छोटो समयमा नै युट्युबमा हजारौं भ्युज बटुलिसकेको छ र दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।