भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आमाकै प्रेमीले गरे १५ वर्षीया छोरीको खुकुरी प्रहार गरी हत्या

आमाकै प्रेमीले गरे १५ वर्षीया छोरीको खुकुरी प्रहार गरी हत्या

जनकपुरधाम, १६ साउन । जनकपुरधाममा आमाकै प्रेमीसँग सम्बन्धित एक जघन्य अपराध सार्वजनिक भएको छ। १५ वर्षीया किशोरी अञ्जलीकुमारी यादवको खुकुरी प्रहारबाट हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

धनुषाको बटेश्वर गाउँपालिका–५ की अञ्जली यादव जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीमा डेरा गरी बस्दै आएकी थिइन्। सोमबार राति खुकुरी प्रहारबाट हत्या भएकी अञ्जलीको हत्यामा संलग्न रहेका क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, रामबाबु साह अञ्जलीकी आमासँग प्रेम सम्बन्धमा थिए। सोमबार राति उनले खुकुरी प्रहार गर्दा अञ्जलीको घटनास्थलमै ज्यान गएको थियो भने उनकी आमा आशा यादव (३५) र अर्की १४ वर्षीया किशोरी आशा यादव (मिथिला नगरपालिका–१ की) घाइते भएका थिए।

घाइतेहरूको उपचार धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ, जहाँ आमाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका साह यसअघि पनि आफ्नै श्रीमतीको हत्या आरोपमा दोषी ठहर भई पाँच वर्ष जेल सजाय भोगी २०७७ सालमा रिहा भएका थिए। रिहाइपछि उनले अर्को विवाह गरेका थिए र सँगै मदिरा पसल सञ्चालन गर्दै आएका थिए।

प्रारम्भिक अनुसन्धानका आधारमा, साह र आशा यादवबीचको सम्बन्धलाई लिएर पछिल्ला दिनमा दूरी बढ्दै गएको र पूर्व श्रीमानसँग आशाको पुनः नजिकिँदै गएको देखिएपछि साहले क्रोधमा हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार, उक्त सम्बन्धबारे आशाको पहिलो श्रीमानलाई थाहा भएपछि गाउँमै छलफल भई आशालाई रामबाबुको जिम्मा लगाउने सामाजिक सहमति भएको थियो। दुई छोरा र एक छोरीको हेरचाह आशाका श्रीमान्ले गर्ने भनिएपछि उनीहरू छुट्टिएका थिए। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.