भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बजेटमा मधेशका आगलागी पीडितलाई सम्बोधन गरिएनः अब्दुल खान

बजेटमा मधेशका आगलागी पीडितलाई सम्बोधन गरिएनः अब्दुल खान

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले डिग्री पास गरेका युवा खाडीमा भाँडा माझिरहेको भन्दै अहिले आएको बजेटले ‘एक घर एक रोजगारी’ सिर्जना गर्न सक्छ भन्दै प्रश्न गरेका छन् । उनले हरेक वर्ष १६ देखि २० लाख युवा श्रम बजारमा आउने, तर जम्मा पाँच प्रतिशतले मात्र रोजगारी पाउने गरेको भन्दै बजेटले यसलाई सम्बोधन गर्नेगरी कार्यक्रम नआएको बताए ।

आज प्रतिनिधिसभाको बैठकमा आगार्मी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले पढ्न भन्दै एक लाख विद्यार्थी विदेश जाने, १२ कक्षा पुग्दा ६६।६७ प्रतिशत विद्यार्थीले पढाइ छाड्ने समस्या बढेको भन्दै यसलाई सम्बोधन गर्ने बजेटमा कार्यक्रम नभएको बताए ।

साथै उनले बजेटमा पहाडमा भूकम्पपीडितलाई व्यवस्थापन गरिए पनि मधेशका आगलागी पीडितलाई सम्बोधन नगरेको बताए । उनले मधेशलाई पनि बजेटमा प्राथामिकता दिनुपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.