भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बजेटमा मधेशका आगलागी पीडितलाई सम्बोधन गरिएनः अब्दुल खान

बजेटमा मधेशका आगलागी पीडितलाई सम्बोधन गरिएनः अब्दुल खान

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले डिग्री पास गरेका युवा खाडीमा भाँडा माझिरहेको भन्दै अहिले आएको बजेटले ‘एक घर एक रोजगारी’ सिर्जना गर्न सक्छ भन्दै प्रश्न गरेका छन् । उनले हरेक वर्ष १६ देखि २० लाख युवा श्रम बजारमा आउने, तर जम्मा पाँच प्रतिशतले मात्र रोजगारी पाउने गरेको भन्दै बजेटले यसलाई सम्बोधन गर्नेगरी कार्यक्रम नआएको बताए ।

आज प्रतिनिधिसभाको बैठकमा आगार्मी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले पढ्न भन्दै एक लाख विद्यार्थी विदेश जाने, १२ कक्षा पुग्दा ६६।६७ प्रतिशत विद्यार्थीले पढाइ छाड्ने समस्या बढेको भन्दै यसलाई सम्बोधन गर्ने बजेटमा कार्यक्रम नभएको बताए ।

साथै उनले बजेटमा पहाडमा भूकम्पपीडितलाई व्यवस्थापन गरिए पनि मधेशका आगलागी पीडितलाई सम्बोधन नगरेको बताए । उनले मधेशलाई पनि बजेटमा प्राथामिकता दिनुपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.