भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दाङको गढवा–कोइलाबास सडकखण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

दाङको गढवा–कोइलाबास सडकखण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

काठमाडौं । दाङको गढवा–कोइलाबास सडक खण्डको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस आज दिउँसो गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बस दुर्घटनामा २५ जना घाइते भएका र घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको जानकारी दिइन् । उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।

दुर्घटनाको कारण खुलेको छैन । तर प्रहरी नियन्त्रणमा रहेका चालकले ओरालोमा ब्रेक फेल बस अनियन्त्रित भएर दुर्घटना भएको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.