भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सार्वजनिक स्थानमा धुम्रपान गरेको देखेमा प्रचलित कानून बमोजिम कारबाही गरिने

सार्वजनिक स्थानमा धुम्रपान गरेको देखेमा प्रचलित कानून बमोजिम कारबाही गरिने

बैतडी । धुम्रपान निशेध गर्ने पालिकाहरु विस्तारै बढ्दै गएका छन् । पछिल्लो अवस्थामा बैतडीका सार्वजनिक स्थानमा धुम्रपान गर्न रोक लगाइएको छ।
लागुऔषधविरुद्धको महाअभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरेर कसैले सार्वजनिक ठाउँमा धुम्रपान गरेको पाएमा प्रहरीले कारबाही गर्ने भएको हो। उक्त अभियान फागुन ११ गतेसम्म सञ्चालन हुने छ।

कसैलाई सार्वजनिक स्थानमा धुम्रपान गरेको देखेमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण तथा रोकथाम जिल्ला सञ्जाल समन्वय समितिको बैठकले लागुऔषध नियन्त्रण तथा रोकथाम गर्ने निर्णय गरेको जनाएको छ ।

सार्वजनिक स्थानमा धुम्रपान निषेध गर्नका लागि प्रहरी कार्यालय, मातहतका चौकी, सञ्चारमाध्यम‚ सामाजिक सञ्जालबाट प्रचारप्रसार र माइकिङ समेत गरिँदै छ।
यसका साथै होटेल तथा रेष्टुराँमा स्मोकिङ जोन बनाउनुपर्नेछ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लगायतका सरोकारवाला निकायको उपस्थितिमा बसेको बैठकले जिल्लाका सार्वजनिक स्थानमा धुम्रपान निषेधका लागि निर्णय गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । २६ गतेदेखि जिल्लामा प्रचारप्रसार अभियान शुरु गरिएको थियो।

 


Thali Mobile Pvt.Ltd.