भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

तराईका विभिन्न क्षेत्रमा शीतलहरका कारण जनजिवन प्रभावित

तराईका विभिन्न क्षेत्रमा शीतलहरका कारण जनजिवन प्रभावित

नवलपरासी । शीतलहरका कारण तराइका केही स्थानको जनजिवन प्रभावित बनेको छ । नवलपरासीलगायत तराईका विभिन्न स्थानमा विगत दुई सातादेखि बढेको चिसोसँगै शीतलहरले जनजिवन प्रभावित बनाएको हो ।

स्थानीय तहका जनप्रतिनिधिहरुले विपन्नभन्दा पनि आफू निकट व्यक्तिको नाम राखेर राहत पठाएपछि वास्तविक विपन्नको तथ्यांक आउन नसकेको जनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले पुनः प्रहरी र रेडव्रmसबाट विवरण लिएर कम्बल वितरण गरेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

चिसोको मारमा सबैभन्दा बढी विपन्न समुदाय परेका छन् । स्थानीय तहहरुले भने विपन्न समुदायका लागि चिसोबाट बच्नका लागि कुनै राहतका कार्यक्रम नल्याएको स्थानीयको गुनासो रहेको छ ।
नवलपरासीमा शीतलहर बढेलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर प्रभावितहरुलाई न्यानो कपडा र दाउरा वितरण गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि स्थानीय तहलाई विपन्नहरुको विवरण बुझाउन भनिएको थियो । तर स्थानीय तहले दुई सातासम्म पनि वास्तविक विवरण उपलब्ध गराउन नसक्दा विपन्न परिवारहरु चिसोमै कष्टकर दैनिकी बिताउन बाध्य भएका छन् । केही स्थानीय तहले दाउरा वितरण गरेपनि अहिलेसम्म न्यानो कपडा वितरणमा चासो दिएका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.