भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

आश्रय लिइएर बसेको स्थल नरसंहारमा परिणत

आश्रय लिइएर बसेको स्थल नरसंहारमा परिणत

एजेन्सी । गाजापट्टीमा एकै दिन इजरायली आक्रमणमा ४० प्यालेस्टेनीको मृत्यु भएको छ । इजरायलले गाजापट्टीको खान युनिस शहरमा गरेको बमहमलामा ठूलो ४० जना प्यालेस्टेनीको मृत्यु भएको हो । गाजापट्टीको खान युनिस शहरको आक्रममा ठूलो संख्यामा हताहती भएको र थुप्रै घाइते भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघा राहत प्रमुख मार्टिन ग्रिफिथ्सले खान युनिस शहरमा गरिएको इजरायली हमला निकै नै घातक भन्दै अस्पतालमा कार्यरत व्यक्तिहरु पनि निशानामा परेकोमा खेद व्यक्त गरेका छन् ।
इजरायलले हमासका कमाण्डरहरु लुकेर बसेको आशंकामा खान युनिस शहरमा आक्रमण गरेको बताएको छ ।

इजरायलले गाजाको वेष्ट बैंकमा लगातार ड्रोन आक्रमण जारी राखेको छ । युद्धको मारमा परेका सर्वसाधारण आश्रय लिइ बसेको स्थल लक्षित गरेर गरिएको आक्रमणलाई नरसंहारको रुपमा लिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.