भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आश्रय लिइएर बसेको स्थल नरसंहारमा परिणत

आश्रय लिइएर बसेको स्थल नरसंहारमा परिणत

एजेन्सी । गाजापट्टीमा एकै दिन इजरायली आक्रमणमा ४० प्यालेस्टेनीको मृत्यु भएको छ । इजरायलले गाजापट्टीको खान युनिस शहरमा गरेको बमहमलामा ठूलो ४० जना प्यालेस्टेनीको मृत्यु भएको हो । गाजापट्टीको खान युनिस शहरको आक्रममा ठूलो संख्यामा हताहती भएको र थुप्रै घाइते भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघा राहत प्रमुख मार्टिन ग्रिफिथ्सले खान युनिस शहरमा गरिएको इजरायली हमला निकै नै घातक भन्दै अस्पतालमा कार्यरत व्यक्तिहरु पनि निशानामा परेकोमा खेद व्यक्त गरेका छन् ।
इजरायलले हमासका कमाण्डरहरु लुकेर बसेको आशंकामा खान युनिस शहरमा आक्रमण गरेको बताएको छ ।

इजरायलले गाजाको वेष्ट बैंकमा लगातार ड्रोन आक्रमण जारी राखेको छ । युद्धको मारमा परेका सर्वसाधारण आश्रय लिइ बसेको स्थल लक्षित गरेर गरिएको आक्रमणलाई नरसंहारको रुपमा लिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.