भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अमेरिकामा १६ हजार ७४२ नेपाली विद्यार्थी अध्ययनरत

अमेरिकामा १६ हजार ७४२ नेपाली विद्यार्थी अध्ययनरत

काठमाडौं । अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या उच्च विन्दुमा पुगेको छ । हाल १६ हजार ७ सय ४२ नेपाली विद्यार्थीहरूले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गरिरहेको ओपन डोर्स रिपोर्टले देखाएको छ ।

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संख्या विश्वमा १० नम्बरमा रहेको छ । गत वर्षको तुलनामा १० दशमलव ९ प्रतिशले वृद्धि भएको छ भने कुल विद्यार्थी संख्यामा नेपालीहरु १ दशमलव ५ प्रतिशत रहेका छन् ।

७ हजार ४ सय ६१ जना अण्डरग्रयाजुएट अध्ययनरत रहेका छन् भने ५ हजार ८ सय ८२ जना ग्रयाजुएट लेभलमा अध्ययनरत रहेका छन् । नन डिग्रीमा १२२ जना र ओपीटीमा ३१७१ जना रहेका छन् । सबैभन्दा धेरै नेपाली विद्यार्थीहरु टेक्सासमा अध्ययनरत छन् ।

 


Thali Mobile Pvt.Ltd.