भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकामा १६ हजार ७४२ नेपाली विद्यार्थी अध्ययनरत

अमेरिकामा १६ हजार ७४२ नेपाली विद्यार्थी अध्ययनरत

काठमाडौं । अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या उच्च विन्दुमा पुगेको छ । हाल १६ हजार ७ सय ४२ नेपाली विद्यार्थीहरूले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गरिरहेको ओपन डोर्स रिपोर्टले देखाएको छ ।

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संख्या विश्वमा १० नम्बरमा रहेको छ । गत वर्षको तुलनामा १० दशमलव ९ प्रतिशले वृद्धि भएको छ भने कुल विद्यार्थी संख्यामा नेपालीहरु १ दशमलव ५ प्रतिशत रहेका छन् ।

७ हजार ४ सय ६१ जना अण्डरग्रयाजुएट अध्ययनरत रहेका छन् भने ५ हजार ८ सय ८२ जना ग्रयाजुएट लेभलमा अध्ययनरत रहेका छन् । नन डिग्रीमा १२२ जना र ओपीटीमा ३१७१ जना रहेका छन् । सबैभन्दा धेरै नेपाली विद्यार्थीहरु टेक्सासमा अध्ययनरत छन् ।

 


Thali Mobile Pvt.Ltd.