भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अरनिको राजमार्ग आजदेखि सञ्चालनमा

अरनिको राजमार्ग आजदेखि सञ्चालनमा

काठमाडौं, ६ असाेज । एक महिनादेखि अवरुद्ध नेपाल–चीन जोड्ने अरनिको राजमार्ग आजदेखि सञ्चालनमा आउँदैछ। बाह्रबिसे–कोदारी खण्डका पाँच स्थानमा खसेका पहिरो हटाएपछि हिजो ट्र्याक खोलिएको हो।

सडक डिभिजन चरिकोटका सूचना अधिकारी सुरज महर्जनका अनुसार आज सडक सफा गरी ग्राभेलको काम सम्पन्न गरी सवारी सञ्चालनमा ल्याइने तयारी छ। उक्त कार्यमा ४ वटा एस्काभेटर, ३ वटा लोडर र करिब ४० जना कामदार खटिएका थिए।

भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको निर्देशनमा बाटो खोल्ने कामलाई तीव्रता दिइएको थियो। असोज ३ गते तातोपानी भन्सार कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा स्थानीय माग सम्बोधन गर्ने र पहिरो हटाउन अवरोध नगर्ने सहमति भएको थियो।

भदौ ८ गते लेदो र ठूला पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। यसले चीन–नेपाल व्यापारमा ठूलो असर पुर्‍याएको थियो। चनियाँ सीमामा सामान बोकेका १५ सयभन्दा बढी कन्टेनर अड्किएका थिए भने केही सामान कोरला नाकामार्फत नेपाल भित्रिएका थिए। अब बाटो खुलेसँगै दशैंका सामान ल्याउन सहज हुने भएको छ।

 


Thali Mobile Pvt.Ltd.