भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

अर्घाखाँचीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई चालकको मृत्यु, दुई गम्भीर घाइते

अर्घाखाँचीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई चालकको मृत्यु, दुई गम्भीर घाइते

अर्घाखाँची, ३० असाेज । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा बुधबार राति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

लु ५८ प ७९७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३३ प ६५४४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। मृत्यु हुनेमा अर्घाखाँची पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ का ३५ वर्षीय सुमन सुनार रहेका छन्। उनीहरु दुवै चालक हुन्।

घटनापछि उद्धार गरी जिल्ला अस्पताल सन्धीखर्क पुर्‍याइएकोमा उपचारका क्रममा पौने ११ बजे दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा अर्घाखाँची पाणिनीकी १८ वर्षीया दीपा कोइराला र गुल्मी छत्रकोटका ४४ वर्षीय सुरज सुनार रहेका छन्।

दुवैलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी सिटी अस्पताल पठाइएको छ। उनिहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण तीव्र गति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

 


Thali Mobile Pvt.Ltd.