भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिरहामा हत्या आरोपमा पाँच जना पक्राउ

सिरहामा हत्या आरोपमा पाँच जना पक्राउ

काठमाडौं । सिरहामा हत्या आरोपमा पाँच जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका–१२, ठठियाका ३० वर्षीय राकेश यादवको हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिरहाकै नरहा गाउँपालिका–१, गौराहाका २० वर्षीय आनन्द सदायसहित पाँच जना रहेका छन् । सोमबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको शनिबार राति उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको उपचारका क्रममा मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.