भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती |

अनलाइन ठगी धन्दा चलाएको आरोपमा ९ भारतीय पक्राउ

अनलाइन ठगी धन्दा चलाएको आरोपमा ९ भारतीय पक्राउ

काठमाडौं । हेटौंडामा कम्पनी दर्ता गरी कार्यालय खोलेर अनलाइन ठगी धन्दा चलाएको आरोपमा ९ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथस्थित प्रमोद वाग्लेको घरको फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी अनलाइन ठगी धन्दा चलाइरहेको सूचनाको आधारमा छापा मारेको थियो ।

मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालले कम्पनी दर्ता गरी कार्यालय नै राखेर अनलाइन ठगीमा संलग्नलाई पक्राउ गरी अदालतमा पेस गरिएको जानकारी दिए । उक्त कम्पनी सोही मितिमा आन्तरिक राजस्व कार्यालय हेटौंडामा मानव स्वास्थ्य सम्बन्धी अन्य क्रियाकलापका सेवा प्रदान गर्ने प्रयोजनका लागि दर्ता रहेको एसपी रिजालले जानकारी दिए ।

‘मेडि असिष्ट’ कम्पनी देखाएर सर्वसाधारणलाई अनेकौं प्रलोभनमा पार्ने, सट्टेबाजी खेलाउने, क्रिप्टोकरेन्सीको काम गर्ने, उपहार परेको वा पार्सल आएको नाममा अनलाइन ठगी गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको उनले बताए । पक्राउ परेका ९ जना काम गर्ने कर्मचारी रहेको र तलब १८ हजारदेखि ५० हजार रुपैयाँ नगदमै बुझ्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारतको पटना थाना आलमगंजका २८ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरुख खान, बिहारका २९ वर्षीय कुन्दन कुमार, नैनिताल उत्तराखण्डका २६ वर्षीय आशिष कब्डौला, राँची झारखण्डका ३४ वर्षीय विशाल कक्कडलाई पक्राउ गरेको हो यसैगरी राँची झारखण्डका ३८ वर्षीय लोकेशकुमार दुवे, राँची झारखण्डकै २९ वर्षीय विकासकुमार सिंह, नांगलोड वेस्टी दिल्लीका २८ वर्षीय अरुण कुमार र गजियावाद उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मालाई पक्राउ गरिएको एसपी रिजालले जानकारी दिए ।

ठगी धन्दामा संलग्न थप तीन जना फरार रहेको उनको भनाइ छ । कम्पनीमा १२ जना भारतीय नागरिक मात्रै कार्यरत रहेकोमा कम्पनीका सञ्चालक द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश भनिने आरोपित फरार रहेका हुन् । त्यो कम्पनीले नेपाली तथा विभिन्न देशका व्यक्तीहरुलाई ‘टार्गेट’ बनाउने गरेको, कम्पनीले अधिकांश रातको समयमा मात्र काम गर्ने गरेको, जुन उद्देश्यले कम्पनी दर्ता गरिएको थियो त्यो अनुसारको कुनै पनि कार्यहरु हालसम्म पनि नगरिएको जनाइएको छ ।

प्रहरीले उक्त कार्यालयबाट ल्यापटप ७ वटा, राउटर ३ वटा, मोबाइल १३ वटा, हार्डडिस्क १, बेव क्यामेरा १, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान लगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.