भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

भक्तपुरमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

भक्तपुरमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

भक्तपुर । भक्तपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङ रहेका छन् ।

उनलाई भक्तपुर प्रहरीले बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई बलात्कार कसूरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक बलात्कार गरेको आरोप छ । तामाङले बालिकालाई पछिल्लो पटक १२ जेठमा दिउँसो भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित न्यू भक्तपुर गेष्ट हाउसमा बलात्कार गरेको आरोप छ ।

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.