भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो

बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो

काठमाडौं, असार २७ । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ।

वीर अस्पतालमा उपचाररत राउतको शनिबार केहीबेरअघि मृत्यु भएको अस्पतालका चिकित्सक डा. पियुष दाहालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार राउतको आफ्नै छोरासँग पारिवारिक विवाद भएको थियो। सोही विवादपछि शनिबार बिहान उनले घरको भान्सामा गएर आफ्नै शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अस्पतालका अनुसार घटनामा राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। गम्भीर अवस्थामा उपचार भइरहेको भए पनि उनलाई बचाउन नसकिएको चिकित्सकहरूले बताएका छन्।

यसअघि त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको पनि उपचारकै क्रममा शुक्रबार निधन भएको थियो।

पछिल्ला केही दिनयता राजधानीमा भएका यी दुई आत्मदाहका घटनाले मानसिक स्वास्थ्य, पारिवारिक तनाव र संकटमा परेका व्यक्तिहरूलाई समयमै सहयोग उपलब्ध गराउने विषयमा पुनः बहस सुरु भएको छ।

 


Thali Mobile Pvt.Ltd.