भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अस्ट्रियाको विद्यालयमा अन्धाधुन्ध गोलीकाण्ड, ११ जनाको ज्यान गयो

अस्ट्रियाको विद्यालयमा अन्धाधुन्ध गोलीकाण्ड, ११ जनाको ज्यान गयो

अस्ट्रिया, २८ जेठ । अस्ट्रियाको ग्राज सहरस्थित एक माध्यमिक विद्यालय मंगलबार भयावह घटनाको साक्षी बन्यो। एक पूर्व विद्यार्थीले विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा ११ जनाले ज्यान गुमाए भने अन्य १२ जना घाइते भएका छन्।

घटनाको अन्त्यमा, बन्दुकधारीले विद्यालयकै शौचालयमा आफूलाई गोली हानी आत्महत्या गरेका थिए। प्रहरीका अनुसार हमलाकारी करिब २१ वर्षका थिए र उनले पेस्तोल र बन्दुक प्रयोग गरेका थिए। गृहमन्त्री गेरहार्ड कर्नरले छ महिला र तीन पुरुष घटनास्थलमै मारिएको जानकारी दिनुभयो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

अस्ट्रियाको सरकारले घटनालाई देशको इतिहासकै सबैभन्दा भयावह विद्यालय गोलीकाण्डको रूपमा चिनाएको छ। सोकपूर्ण घटनाका कारण देशभर तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ।

बुधबार बिहान १० बजे एक मिनेट मौनधारण गरी पीडितप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ। शिक्षामन्त्री क्रिस्टोफ विडरकेहरले आक्रमण भएको विद्यालय अर्को सूचना नआएसम्म बन्द रहने जानकारी दिनुभएको छ।

 


Thali Mobile Pvt.Ltd.