भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

बडीकेदार धाममा तीन दिन भव्य मेला लाग्ने

बडीकेदार धाममा तीन दिन भव्य मेला लाग्ने

डोटी । सुदूरपश्चिमको प्रमुख धार्मिक पर्यटकीय स्थल बडीकेदार धाममा ८,९ र १० गते मेला लाग्ने भएको छ ।

बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सङ्गम स्थलका रूपमा रहेको धाममा मङ्सिर ८ र ९ गते ठूलो मेला लाग्नुका साथै १० गते पूजन कार्य हुने बडीकेदार क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिले जनाएको छ ।

ठुलाकेदारको नामले पनि चिनिँदै बडीकेदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा परिचित छ ।

बडीकेदारधामको दर्शन गरेमा मनोकामना पुरा हुने भन्दै हजारौँको सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् । धार्मिक, पर्यटकीय तथा

ऐतिहासिक दृष्टिकोणले महत्त्व बोकेको बडीकेदार क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकाले संयुक्त रूपमा काम गरिहरेको गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए ।