भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

बैतडी केन्द्रबिन्दु भएर दुईपटक भूकम्पको धक्का

बैतडी केन्द्रबिन्दु भएर दुईपटक भूकम्पको धक्का

बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान १:४८ बजे ५.१ म्याग्निच्युडको र दोस्रो भूकम्प २:०० बजे ३.७ म्याग्निच्युडको थियो ।

भूकम्पको धक्का बैतडीसहित दार्चुला, बझाङ, डडेल्धुरा, डोटी लगायतका आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको छ। लगातार दुईपटक कम्पन भएपछि स्थानीयवासीहरू घर बाहिर निस्केका थिए । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको प्रारम्भिक रिपोर्टहरूमा उल्लेख गरिएको छ । क्षतिको विस्तृत विवरण सङ्कलन कार्य जारी रहेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

पछिल्लो समय पश्चिम नेपालमा भूकम्पको गतिविधि बढ्दै गएको छ, जसले गर्दा क्षेत्र उच्च जोखिममा रहेको विज्ञहरू चेतावनी दिइरहेका छन् । सन् १५०५ यता पश्चिम नेपालमा ठूलो भूकम्प नआएको र भूगर्भीय ऊर्जा संचित भइरहेकाले ठूलो भूकम्पको सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.