भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बैतडीका सरकारी कार्यालयबाट ८७ करोड ११ लाख ५ हजार ४४८ रुपैयाँ फिर्ता

बैतडीका सरकारी कार्यालयबाट ८७ करोड ११ लाख ५ हजार ४४८ रुपैयाँ फिर्ता

बैतडी । बैतडीका सरकारी कार्यालयबाट ८७ करोड ११ लाख ५ हजार ४४८ रुपैयाँ फिर्ता भएको छ । गत आर्थिक वर्ष २०८० र ८१ मा बैतडीका संघ र प्रदेश सरकार मातहतका सरकारी कार्यालयको ८७ करोड बढी रकम फिर्ता खर्च हुन नसकेर फिर्ता भएको हो ।

संघीय कार्यालयमा कुल बजेट ६ अर्ब ६७ करोड ७० लाख ४० हजार ३९३ रुपैयाँ प्राप्त भएकोमा ६ अर्ब २४ करोड ६१ लाख ५१ हजार ४४१ रुपैयाँ खर्च भएको छ । यसरी गत आर्थिक वर्षमा संघीय कार्यालयबाट खर्च हुन नसकेर ४२ करोड ४५ लाख ८८ हजार ९५१ रुपैयाँ फिर्ता भएको छ ।

संघीय सरकार मातहतका कार्यालयमा गत आर्थिक वर्षमा चालुतर्फ पाँच अर्ब ९५ करोड ६७ लाख ७७ हजार ७८८ रुपैयाँ बजेट आएको थियो। त्यसमध्ये ५ अर्ब ६३ करोड ८९ लाख ४९ हजार ३२४ रुपैयाँ खर्च भएको छ। यस्तै पुँजीगततर्फ ७१ करोड ३९ लाख ६२ हजार ६०५ रुपैयाँ बजेट आएको र योमध्ये ६० करोड ७२ लाख २ हजार ११६ रुपैयाँ खर्च भएको छ।

प्रदेशका कार्यालयमा गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड ९ लाख ८६ हजार ७४३ रुपैयाँ बजेट आएकोमा २ अर्ब १ करोड ४४ लाख ७० हजार २४५ रुपैयाँ खर्च भएको छ। प्रदेशका कार्यालयहरुबाट ४४ करोड ६५ लाख १६ हजार ४९७ रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ।

प्रदेशका कार्यालयमा चालुतर्फ ७२ करोड ८८ लाख ४१ हजार ७४३ रुपैयाँ बजेट प्राप्त भएकोमा ६१ करोड २२ हजार ६६१ रुपैयाँ खर्च भएको छ। यस्तै पूँजीगततर्फ १ अर्ब ८२ करोड २१ लाख ४५ हजार बजेट प्राप्त भएकोमा १ अर्ब ४९ करोड ४४ लाख ४७ हजार ५८३ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.