भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बाजुरामा बाढीले दुई घर पुर्‍यायो, चार घरमा आंशिक क्षति

बाजुरामा बाढीले दुई घर पुर्‍यायो, चार घरमा आंशिक क्षति

बाजुरा, २९ साउन । बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्या खोलामा आएको बाढीले २ वटा घर पूर्णरुपमा पुर्दै ४ वटा घरमा आंशिक क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हिजो बेलुकी करिब ६ बजे आएको बाढीले स्थानीय नरेन्द्र बुढाको पसल र सञ्चलाल थापाको घर पुरेको हो।

स्थानीय धनसिंह थापा, सब्बले थापा, लाल बहादुर थापा र गोताल थापाको घरमा आंशिक क्षति पुगेको छ भने सुजालाल थापाको शौचालय पनि बाढीले बगाएको प्रहरीले जनाएकाे छ ।

बाढीका कारण झोलुङ्गे पुल, बिच्छ्या मावि, वडा नं. १ कार्यालय भवनसहित १७ वटा सरकारी संरचना क्षतिग्रस्त भएका छन्। यस्तै १५ घर उच्च जोखिममा रहेको जनाइएको छ।

मानवीय क्षति नभएको बताउँदै प्रहरीले बिच्छ्या खोला र कुवाडी खोलाको आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.