भर्खरै : Sorry, your browser does not support inline SVG.
राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो |

चिसो याममा पनि बिकेनन् बख्खु र काम्ला

चिसो याममा पनि बिकेनन् बख्खु र काम्ला

बाग्लुङ । भेडापालक किसान घट्दै गएकाले तिनको भुत्लाबाट बन्ने कपडा पनि निकै कम मात्रामा उत्पादन हुँदै आएको छ । पहिले गाउँका हरेक व्यक्तिमा काम्लो, भाङ्ग्रालगायत कपडा बुन्ने सीप थियो तर अहिले थोरैले मात्र कपडा बुन्ने काम गर्दै आएको बुढामगर बताउछन् । दिनप्रतिदिन बजारको सुविधा गाउँमा पनि पुग्न थालेसँगै गाउँका मौलिक संस्कृति ओझेलमा पर्दै गएको र युवा पुस्ताले ऊनबाट बनेका कपडा प्रयोग गर्नाको साटो विदेशी महंगा कपडा लगाउन खोज्ने गरेको उनको भनाइ छ ।

ढोरपाटन नगरपालिका–९ की बिनु पुनमगर अहिले पनि फुर्सदमा तिनै भुत्ला बाटेर कपडा बनाउने गर्छिन् । घर्किंदो उमेरमा पनि उनी निकै आकर्षक कपडा बुन्ने गर्छिन् । तर धेरै समय लगाएर तयार भएका कपडा बिक्री भने नहुने पुनमगरको गुनासो छ । एघार वर्षको उमेरदेखि आमा, हजुरआमा र छिमेकीहरुबाट कपडा बनाउन सिकेकी उनी डेढ दशक अगाडिसम्म निकै व्यापार हुने गरे पनि अहिले एउटा पनि बिक्री गर्न नसकेको बताउँछिन् । “हाम्रो जमानामा अहिलेको जस्तो लुगा पाउन मुस्किल हुन्थ्यो, गाउँघरमै बनाएर लगाउने गरिन्थ्यो, जसरी भए पनि जाडो छेक्न पाए हुुन्थ्यो, एकपटक बजारबाट ल्याएको कपडा वर्षौंसम्म लगाइन्थ्यो तर अहिले त गाउँगाउँमा लुगा पसल आए, जतिबेला किने पनि भयो, जस्तो किने पनि भयो”, पुनमगर भन्छिन्, “उतिबेला अहिलेको जस्तो सुविधा थिएन, एक जोर कपडा किन्न हजारौँ खर्च गरेर बजार पुग्नु पथ्र्यो, त्यसबेला धेरै काम्लो, बख्खु र भाङ्ग्रा बिक्री हुन्थे अहिले ती कपडा कसैले पनि किन्दैन, कहिलेकाहीँ विदेश जानेले मात्र रहर गरेर लैजान्छन् ।”

पश्चिम बागलुङको माथिल्लो क्षेत्रमा यदाकदा ऊनका कपडा देखिन्छन् । यस क्षेत्रमा बस्ने अधिकांश मानिस भेडापालन गर्ने हुँदा ऊनका कपडा बढी लगाउने गर्थे । एकै परिवारले हजारौँ भेडा पाल्ने हुँदा तिनका भुत्लाबाट कपडा बनाउने गरिन्थ्यो । पछिल्लो समय युवा पुस्ताले सहर बजार र विदेश रोज्न थालेपछि भेडापालन नै सङ्कटमा पर्ने डर बढेको छ । वर्षौं पहिलेदेखि पुस्तान्तरण हुँदै आएको भेडापालनमा अहिले कमी आएको छ । अहिले पनि माथिल्लो खर्कहरुमा पुग्दा भेडाका बथान भेटिन्छन् । भेडापालन गर्ने अधिकांश बूढापाका नै हुन्छन् । भुत्लाबाट बनेको हापदुला, काम्लो, बख्खु, घुमलगायत कपडाले वर्षाबाट ओत दिनाका साथै हिउँमा जाडो छेक्ने गर्मीमा घाम छेक्ने हुँदा निकै उपयोगी मान्छिन् ।

तमानखोला गाउँपालिका–३ का भीमबहादुर रोका अहिले पनि भुत्लाबाट धेरै थरीका कपडा बनाउछन् । सयौँको सङ्ख्यामा भेडा पालेका उनी हिउँदमा बेँसी र बर्खामा लेकमा बिताउने गर्छन् । लेक–बेँसीमा बस्दा रोका फुर्सद निकालेर काम्लो, हापदुला र बख्खु बन्नुहुन्छ । गाउँघरमा बिक्री नहुने कपडालाई उनी विदेश पठाउने गर्छन् । एउटा बख्खुको रु २० हजारदेखि ४० हजारसम्म पर्छ । पहिले–पहिले वर्षमा १५÷२० वटा काम्लो, बख्खु र भाङ्ग्रा बेच्ने गरेकामा अहिले चारपाँचवटा पनि बिक्री नहुने रोकाले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.