भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

जुम्लाको विकासलाई सरकारले प्राथमिकता दिएको छ: प्रधानमन्त्री

जुम्लाको विकासलाई सरकारले प्राथमिकता दिएको छ: प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुम्ला जिल्लाको समग्र विकासका लागि सरकारले उच्च महत्व दिएको बताएका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार माओवादी केन्द्रका जिल्लास्तरीय नेता तथा कार्यकर्तासँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। स्थानीयवासीको मागअनुसार सिञ्जा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापनाका लागि सरकारले आवश्यक निर्णय गर्ने आश्वासन दिएका भेटमा सहभागी पत्रकार मनऋषि धितालले जानकारी दिए। सो अवसरमा माओवादी केन्द्रका जिल्ला नेतृत्वले पार्टीले चलाएको तीनमहिने अभियानबारे जानकारी गराएको थियो। गाउँ–गाउँमा संगठन विस्तार तथा सरकारको कामकारबाहीलाई समेत जनस्तरमा पुर्‍याएको जनाउँदै अभियान सार्थक बनेकोसमेत पार्टी अध्यक्षलाई जानकारी गराइएको उनको भनाइ छ।

यस्तै, आसन्न राष्ट्रिय सभाको निर्वाचनमा जुम्ला जिल्लाबाट प्रतिनिधित्व गराइदिन आग्रह गरिएको थियो। रासस

 


Thali Mobile Pvt.Ltd.