भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सम्पदा पुनःनिर्माणका बजेट एकैपटक माग्न वडा अध्यक्षहरुलाई बालेनको आग्रह

सम्पदा पुनःनिर्माणका बजेट एकैपटक माग्न वडा अध्यक्षहरुलाई बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुसँग आग्रह गरेका छन् । महानगरले सम्पदा पुनःनिर्माणको लागि एकैपटक सबै बजेट मागदा दिँदैन की भन्ने आशंका नगरी एकैपटक बजेट मागेर सबै पुनःनिर्माणका कामहरु एकैपटकमा सम्पन्न गर्नेगरी काम गर्न प्रमुख साहले आग्रह गरे ।

उनले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने पनि बताएका छन्। मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्नेमा जोड दिए । उनले पुरानो शैलीमा सम्पदाहरुको पुनः निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभई झनै बढेर जाने बताए । उनले महानगरपाकिला भित्रका सम्पदा पुनःनिर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.