भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भक्तपुरमा पत्रकार सुरेश रजकको हत्या र मिडिया क्षेत्रमाथिकाे तोडफोडविरुद्ध विरोध सभा सम्पन्न

भक्तपुरमा पत्रकार सुरेश रजकको हत्या र मिडिया क्षेत्रमाथिकाे तोडफोडविरुद्ध विरोध सभा सम्पन्न

भक्तपुर, १९ चैत । गत चैत १५ मा राजावादी समूहको आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगजनीमा ज्यान गएको घटना र मिडिया क्षेत्रमा भएको तोडफोड तथा आगजनीको विरोधमा भक्तपुरका सबै पत्रकार संगठनहरू एकजुट भएका छन्। नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न पत्रकार संघ-संगठनका प्रतिनिधिहरूले महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

कार्यक्रममा महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले पत्रकार रजकको हत्या र मिडिया क्षेत्रमा भएको आक्रमणका दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म आन्दोलन जारी राख्ने बताए। उनले सुरेश रजकको परिवारलाई उचित क्षतिपूर्ति र सहिद घोषणाको माग पनि राखे। “कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्टलगायतका मिडिया कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ। दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउनुपर्छ,” उनले भने।

नेपाल प्रेस युनियन भक्तपुरका अध्यक्ष रोशन शिल्पकारले आन्दोलनलाई सशक्त बनाउन सडकमै उत्रनुपर्ने जोड दिए। “बन्द कोठामा बसेर होइन, सडक तताएर विरोध गर्नुपर्छ। प्रेस युनियन महासंघको हरेक आन्दोलनमा बलियो साथ दिन्छ,” उनले प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी प्रेस चौतारीका सचिव नारायण थापाले पत्रकार रजकको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन ढिलाइ भए भविष्यमा पत्रकारमाथि यस्ता हमला बढ्ने चेतावनी दिए । यस्तै, प्रेस सेन्टर नेपालका अध्यक्ष मदन ढुंगानाले घटनाको प्रमाण सामाजिक सञ्जालमा स्पष्ट देखिँदा पनि सरकारले पाँच दिनसम्म दोषीमाथि कारबाही गर्न नसकेकोमा आपत्ति जनाए।

त्यस्तै जनजाति पत्रकार महासंघ भक्तपुरका सचिव दीपक श्रेष्ठ र नेवा पत्रकार राष्ट्रिय दबुका रामगोपाल तमखुले पनि महासंघको आन्दोलनमा सक्रिय सहभागिता जनाउने बताए। क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले रजकले चार महिनादेखि तलब नपाएको खुलासा गर्दै मिडिया मालिकको पनि जवाफदेहीता खोज्नुपर्ने बताए । “संविधानले प्रेस स्वतन्त्रता सुरक्षित गरेको छ। यो विपरीत काम गर्नेलाई कारबाही हुनुपर्छ,” उनले भने।

राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेसल आचार्यले सामाजिक सञ्जालमा फैलिएका भ्रामक भिडियोप्रति चिन्ता व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने बताए। “प्रहरीले नै हत्या गरेको भन्ने भिडियो आएका छन्। पोस्टमार्टमबिना यस्ता दाबीले भ्रम फैलाउँछ। सरकारले दोषी पत्ता लगाएर कारबाही गरोस्,” उनले माग गरे।

महासंघ भक्तपुरका पूर्व अध्यक्ष एवम् सल्लाहकार पुष्करराज बुढाथोकीले पत्रकारको पेशागत हक र सुरक्षाका लागि जस्तोसुकै लडाइँ लड्न तयार रहनुपर्ने बताए। कार्यक्रममा महासंघ भक्तपुरका कार्यसमिति सदस्य र विभिन्न संघ-संगठनका प्रतिनिधिहरू सहभागी थिए। भक्तपुरका पत्रकारहरूले सुरेश रजकको हत्या र मिडिया क्षेत्रमाथिको आक्रमणविरुद्ध एकजुट भएर आवाज उठाउने प्रतिबद्धता जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.