भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

भक्तपुरमा आजदेखि विद्यालय केन्द्रित एचपीभी खोप अभियान सुरु

भक्तपुरमा आजदेखि विद्यालय केन्द्रित एचपीभी खोप अभियान सुरु

भक्तपुर, २६ माघ । भक्तपुर जिल्लाका चार वटै नगरपालिकामा आजदेखि लक्षित समूहका किशोरीलाई विद्यालयमै पुगेर एचपीभी खोप दिइने भएको छ । जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आइतबार पत्रकारहरूसँग अन्तरक्रिया गरी जिल्लाका चार नगरपालिकामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी तथा विभिन्न उमेर समूहका लक्षित किशोरी–किशोरको तथ्यांक सार्वजनिक गरेको छ । कार्यालयका अनुसार जिल्लाभर कक्षा ६ मा अध्ययनरत विद्यार्थीको संख्या ३ हजार ८४९ पुगेको छ ।

यी सबै किशोरीलाई विद्यालयमै स्वास्थ्यकर्मी पुगेर खोप दिइने स्वास्थ्य कार्यालय प्रमुख अन्जना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार विगत वर्षदेखि सुरु भएको एचपीभी खोप अभियान यो वर्ष दोस्रो चरणमा पुगेको हो । आगामी वर्षदेखि छुटेकालाई खोप नदिइने भएकाले सबै किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको छ । तथ्यांकअनुसार भक्तपुर नगरपालिकामा कक्षा ६ मा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा बढी १ हजार ५१५ रहेको छ । यद्यपि यहाँ १० वर्ष उमेर समूह, कक्षा ७–१० छाडेका तथा ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोरको संख्या शून्य देखिएको छ ।

यस्तै चाँगुनारायण नगरपालिकामा कक्षा ६ का विद्यार्थी ५२९ जना रहेका छन् भने १० वर्ष उमेर समूहका किशोरी–किशोर ६६ जना रहेका छन् । यहाँ पनि कक्षा ७–१० छाडेका तथा ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोरको संख्या शून्य रहेको छ । जिल्लाभर समग्र रूपमा हेर्दा १० वर्ष उमेर समूहका किशोरी–किशोरको संख्या १६३ पुगेको छ । कक्षा ७–१० छाडेका विद्यार्थी ३० जना र ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोर २० जना रहेको तथ्यांकले देखाएको छ ।

यो वर्ष माघ २६ गतेदेखि फागुन १ गतेसम्म विद्यालय केन्द्रित खोप अभियान सञ्चालन गरिने जनाइएको छ । यस अवधिमा छुटेका किशोरीलाई फागुन ४ र ५ गते स्वास्थ्य संस्था (चौकी) मार्फत खोप दिइने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.