भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भीमफेदी कारागारबाट भागेका १२३ जना पक्राउ, ३१७ अझै फरार

भीमफेदी कारागारबाट भागेका १२३ जना पक्राउ, ३१७ अझै फरार

मकवानपुर, २८ भाद्र । मकवानपुरको भीमफेदीस्थित कारागारबाट फरार रहेका ४४० जना कैदीबन्दी मध्ये १२३ जनालाई पक्राउ गरिएको छ। कारागारमा रहेका कुल १ हजार ६६ जना कैदीबन्दी मध्ये भदौ २५ गते बिहान ठूलो संख्यामा भाग्न सफल भएका थिए।

फरार भएकामध्ये हालसम्म १२३ जनालाई पुनः पक्राउ गरिएको कारागार प्रशासक सुवास पौडेलले जानकारी दिएका छन्। अझै ३१७ जना कैदीबन्दी फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको उनले बताए।

विवरणअनुसार, हाल कारागारमा जम्मा ७९७ जना कैदीबन्दी रहेका छन्। यसमा अन्य कारागारबाट फरार भई पक्राउ परेका ४८ जना समेत समावेश छन्।

 


Thali Mobile Pvt.Ltd.