भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

भोजपुर गोल्डकप: एपिएफ र भोजपुर सेमिफाइनलमा प्रवेश

भोजपुर गोल्डकप: एपिएफ र भोजपुर सेमिफाइनलमा प्रवेश

भोजपुर, ८ वैशाख । भोजपुरमा जारी भोजपुर गोल्डकप अन्तर्गत सोमबार भएका खेलमा एपिएफ क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबारदेखि सुरु प्रतियोगितामा हुरीबतास र वर्षाका कारण स्थगित भएको खेल सोमबार पुनः सञ्चालन गरिएको थियो ।

आइतबारको बाँकी खेलअन्तर्गत सोमबार भएको पहिलो खेलमा एपिएफले एलएक्स सिटी मोरङ लाई ३ – २ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । एपिएफका लागि विकास तितुङ, मानबहादुर राना र हरि कार्कीले एक–एक गोल गरे । एलएक्स सिटीका विशाल तामाङ र पुजन चौधरीले एक–एक गोल फर्काए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

त्यस्तै दोस्रो खेलमा आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सङ्खुवासभा–११ लाई २–१ गोलले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । भोजपुरका लागि विनोद राई र मिलन लिम्बूले गोल गरे भने सङ्खुवासभाका सूर्य राउतले एक गोल फर्काए ।

भोजपुर जिल्ला फुटबल सङ्घको आयोजनामा तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा भोजपुर नगरपालिका–७ कोदारस्थित रङ्गशालामा प्रतियोगिता सञ्चालन भइरहेको छ । नवौँ संस्करणको प्रतियोगितामा एपिएफ क्लब, एलएक्स सिटी मोरङ, भोजपुर जिल्ला फुटबल सङ्घ, सङ्खुवासभा–११, सातदोबाटो युग क्लब ललितपुर, केपिलासगढी गाउँपालिका खोटाङ, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ र द गोर्खाज फुटबल क्लब उदयपुर गरी आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.