भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

तराईमा तातो लहरको जोखिम, मौसमविद्को सतर्कता अपनाउन आग्रह

तराईमा तातो लहरको जोखिम, मौसमविद्को सतर्कता अपनाउन आग्रह

काठमाडौं, ८ वैशाख । देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावा चल्ने सम्भावना रहेको जनाएको छ। विशेषगरी मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको जोखिम बढेको महाशाखाले उल्लेख गरेको छ।

हाल देशका हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेश का पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा तराई भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी पहाडी क्षेत्रमा पनि आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागमा हल्का हिमपात पनि हुन सक्नेछ।

विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशसुदूरपश्चिम प्रदेश का तराई क्षेत्र, उपत्यका र खोँचहरूमा अत्यधिक गर्मी हुने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावा तथा तातो लहर चल्न सक्ने भएकाले दिउँसोको समयमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

 


Thali Mobile Pvt.Ltd.