भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

संकटग्रस्त व्यक्तिहरूलाई मनोसामाजिक परामर्श र सहयोगमा जोड

संकटग्रस्त व्यक्तिहरूलाई मनोसामाजिक परामर्श र सहयोगमा जोड

काठमाडौँ, २४ असाेज  । मानसिक स्वास्थ्यप्रति जागरूकता बढाउने उद्देश्यका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ।मानव जीवनमा मानसिक स्वास्थ्यको महत्व बुझाउन सन् १९९२ देखि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालिएको हो।

प्राकृतिक प्रकोप, द्वन्द्व तथा सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श र तत्काल सहयोग उपलब्ध गराउनुपर्ने सन्देश यस दिवसले दिएको छ।

संयुक्त राष्ट्रसंघले राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरू सबैलाई एकताबद्ध भएर मानसिक स्वास्थ्य सबल बनाउन योगदान दिन आह्वान गरेको छ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) ले पनि “मन स्वस्थ भए तन स्वस्थ हुन्छ” भन्ने सन्देशसहित सदस्य राष्ट्रहरूलाई जनचेतना अभिवृद्धिका कार्यक्रम चलाउन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.