भक्तपुर । नेपालकै चर्चित, धार्मिक एवं एतिहासिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध माछामार्ने जात्रा सुरू हुदैछ । नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ अर्थात माछा मार्ने जात्राका रुपमा परिचित याे नाच प्रत्यक वर्ष भक्तपुरका विभिन्न २१ स्थानमा प्रदर्शन हुने गर्दछ । जात्रा भने सूर्यमढीबाट सुरु हुने परम्परा छ । नेपाल संवत ६३३ मा भक्तपुरमा अनिकाल परेका बेला सहकाल ल्याउन यो नाच संचालनमा ल्याएको इतिहास छ । माघे सङ्क्रान्तिको साँझ देवगणले सूर्यमढी टोल परिक्रमा गरी राति खःप्याखं (नाच) प्रदर्शन गरी च्याम्हासिंह क्षेत्रमा ‘मुःवाहा जात्रा’ गरिएको थियो ।
जात्रा हुने स्थानमा टोल परिक्रमा सकेपछि राति ङालाकेगु स्थानमा सम्पूर्ण देवगणहरूको ‘खःप्याखं’ प्रदर्शनी हुने, ‘मुःवाहा जात्रा’ र ‘चाःप्याखं’ (रात्रि नाच) गर्र्ने परम्परा रहेको स्थानीय यज्ञबहादुर फाजुले बताउनु भयो । जसअनुसार आज सूर्यमढीमा बाराही प्याखंस सिम्ह दुम्हको प्याखं तथा ङालाकेगु जात्रा हुन्छ । दिउँसो महाकाली प्याखं, साँझ महाकाली र श्वेत भैरवको ‘गा तोकेगु प्याखं’ (खास्टो निकाल्ने नाच) हुन्छ ।
त्यसपछि सिम्ह दुम्ह र श्वेत भैरवको ‘ना होलेगु प्याखं’ (पानी निकाल्ने नाच) सँगै श्वेत भैरवको ङालाकेगु जात्रा हुन्छ । जात्रा सकेपछि ‘प्वास्याकेगु प्याखं’ (पेट दुखाउने नाच), श्वेत भैरवको ‘मतिना प्याखं’ (मायाको नाच) वस हियेगु प्याखं (लुगा धुने नाच) र अन्तमा श्वेत भैरवको प्याखं प्रदर्शनी हुने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायण वनमालाले बताउँनु भयो ।
भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीको यो जात्राको विशिष्ट पहिचान रहेको सस्कृतिकर्मीको भनाइ छ । यो जात्रा भक्तपुर , काठमाडौँ र काभ्रे जिल्लामा वर्षमा आठ महिना सञ्चालन हुने गर्दछ । जु नाचमा १९ जना देवगण रहने गर्दछन् । नाचमा मकुन्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ । भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हयणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्दछन् ।
टोलीका सदस्यहरुबाटै बाजा बजाउने गरिन्छ । फरकफरक टोलहरुमा हुने नाच दिनभर चल्ने गर्दछ । तथापि साँझ प्रदर्शन हुने नाच विशेष रुचिकर हुने स्थानीयको भनाइ छ । प्रख्यात मल्लकालीन नवर्दुगाको यो नाचलाई स्थानीय नेपाल भाषामा ङालाक्येगू भनिन्छ । मानव समाजमा आधारित भक्तपुरको यो नाच सञ्चालन गर्न नेवार समुदायको उजाजु (बनमाला) जातिको महत्वपूर्ण भूमिका हुन्छ ।
बनमाला समुदायबाटै पालैपालो यो नाच सञ्चालन हुन्छ । यो नाचले धेरै पुरानो इतिहास बोकेको इतिहाविद प्राडा पुरुषोतमलोचन श्रेष्ठ बताउँंनुहुन्छ । यो नाचको थालनी भक्तपुरका राजा भुबन मल्लले (ई.सं. १५०५ देखि १५१९) सञ्चालनमा ल्याएको देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे गरेको छ । हुलाकी राजमार्गमा ४२.५ किलोमिटर सडक कालोपत्रे गरेको हो । सरकारले झण्डै २००...
काठमाडौँ । सबैभन्दा कम खर्च अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा भएको छ । कार्यक्रममा विनियोजित बजेटको जम्मा ८ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । विदेशी...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे (रोहित)ले नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधीहरू अझै सक्रिय रहेको बताउँनु भएको छ । बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७...