भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

बस र मोटरसाइकल ठोक्किँदा बाँकेमा दुई जनाको मृत्यु

बस र मोटरसाइकल ठोक्किँदा बाँकेमा दुई जनाको मृत्यु

बाँके । बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । राप्तीसोनारी–७ फत्तेपुर सर्रामा मङ्गलबार साँझ सात बजेतिर नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगन्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको थियो ।

बसमा मोटरसाइकल ठोक्किँएर गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्तीसोनारी–७ फत्तेपुर सर्राका २७ वर्षीय दिलबहादुर थारु र सोही मोटरसाइकलमा पछाडि सवार सोही स्थानकै २३ वर्षीय राजेश थारुको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बस चालक फरार भएका थिए भने ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई दिन पहिले पनि बाँकेको कुसुमनजिक ट्याङ्कर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार कैलालीका दुई जनाको मृत्यु भएको थियो । तीव्र गतिका कारण दुर्घटना वृद्धि भएको जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मौसम र गतिलाई ध्यानमा दिएर सवारी साधन चलाउन अनुरोध गरको छ ।

 


Thali Mobile Pvt.Ltd.