बाँके । बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । राप्तीसोनारी–७ फत्तेपुर सर्रामा मङ्गलबार साँझ सात बजेतिर नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगन्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको थियो ।
बसमा मोटरसाइकल ठोक्किँएर गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्तीसोनारी–७ फत्तेपुर सर्राका २७ वर्षीय दिलबहादुर थारु र सोही मोटरसाइकलमा पछाडि सवार सोही स्थानकै २३ वर्षीय राजेश थारुको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बस चालक फरार भएका थिए भने ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई दिन पहिले पनि बाँकेको कुसुमनजिक ट्याङ्कर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार कैलालीका दुई जनाको मृत्यु भएको थियो । तीव्र गतिका कारण दुर्घटना वृद्धि भएको जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मौसम र गतिलाई ध्यानमा दिएर सवारी साधन चलाउन अनुरोध गरको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा । झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको छ । दमकस्थित इलाका प्रहरी कार्यालयकाअनुसार सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद...
जनकपुर । धनुषा प्रहरीले आफ्नै डिएसपीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको ‘डिएसपी (प्रहरी नायब उपरीक्षक) हुँ’ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । आफू डिएसपी भएको...
पर्वत । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ। पार्टी प्यालेसबाट झण्डै १५ लाख रुपैयाँ चोरी गरेका दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । गत...
प्यूठान । सरुमारानी गाउँपालिका २ दर्भानमा नवजात शिशुको शव फेला परेको छ । बिहिवार स्थानीय तकमान कुमालको घर अगाडि रहेको डस्टबिन भित्र सालनाल समेत नकाटिएको अवस्थामा शिशुको शव फेला...